विश्वकप २०१८ को सेमिफाइनलमा क्रोएसिया र इंग्ल्यान्ड खेलिरहेका छन्। खेलको पाँचौ मिनेटमा पछि परेको क्रोएसियाले इंग्ल्यान्डलाई बराबरी गोल फर्काएपछि निर्धारित ९० मिनेट बराबरीमा सकिएको छ।
निर्धारित समयमा खेलको निर्णय नआएपछि ३० मिनेट अतिरिक्त समय थपिएको छ। अब खेलको निर्णय यो ३० मिनेटको अतिरिक्त समय र त्यसमा पनि निर्णय आउन नसके पेनाल्टी सुटआउटबाट आउनेछ।
खेलमा फर्किन संघर्ष गरिरहेको क्रोएसियाका लागि इभान पेरिसिकले ६८औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। इंग्ल्यान्डका लागि खेलको पाँचौ मिनेटमै किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका थिए।
जारी विश्वकपको यो दोस्रो सेमिफाइनल हो। मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै पाइनल यात्रा गरेको थियो।
यो खेलको विजेताले विश्वकप फाइनलमा फ्रान्सको सामना गर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।