|

विश्वकप २०१८ को सेमिफाइनलमा क्रोएसिया र इंग्ल्यान्ड खेलिरहेका छन्। निर्धारित ९० मिनेटमा खेल बराबरीमा सकिएपछि खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो। उक्त समयमा गोल गरेर क्रोएसियाले अग्रता लिएकोो छ। 

खेलको १०९ मिनेटमा क्रोएसियाका मारियो मन्ड्जुकिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका हुन्। 

पाँचौ मिनेटमा गोल खाएर पछि परेको क्रोएसियाका लागि इभान पेरिसिकले ६८औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। इंग्ल्यान्डका लागि खेलको पाँचौ मिनेटमै किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका थिए।

जारी विश्वकपको यो दोस्रो सेमिफाइनल हो। मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै पाइनल यात्रा गरेको थियो।

यो खेलको विजेताले विश्वकप फाइनलमा फ्रान्सको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.