|

खोटाङ :  सयौं वर्षको इतिहास बोकेको खोटाङको हलेसीगढीको प्रवेशद्वार निर्माण गरिएको छ।

पर्यटकीय गन्तव्यकारुपमा विकास गर्दै आर्थिक आम्दानीको श्रोतकारुपमा विकास गर्नका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ऐतिहासिक हलेसी गढीको प्रवेशद्वार निर्माण गरिएको हो। हलेसी क्षेत्रका प्रथम कविला स्थानीय शासक होलेसुङका छोराहरूले ३ सय ५० वर्ष अघि रावाचुङमा निर्माण गरेको पुरानो दरबारको भग्नावशेष पुग्ने बाटोमा दायाँ–बायाँ कठुवा र वावु (चिन्डो) राखिएको प्रवेशद्वार निर्माण गरिएको हो।

नगरपालिकाको १० लाख र २ लाख ५० हजार बढिको जन सहभागीतामा निर्माण गरिएको धनुषबाण आकारको प्रवेशद्वारको बुधबार मेयर इवन राईले उद्घाटन गरे। प्रवेशद्वार निर्माणले ३५० वर्षे इतिहासलाई सम्झने र ऐतिहासिक गढीको पर्यटन प्रर्वदनको कामले गति लिएको होलेसुङ समूहका सदस्य भूपेन्द्रकुमार राईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.