|

चिनियाँ वाणिज्य मन्त्रालयले चीनबाट आयात हुने सामानमा दुई सय अर्ब डलर बराबरको कर लगाउने अमेरिकाको निर्णयबाट स्तब्ध भएको बताएको छ।
उसले अमेरिकालाई व्यापारको मामिलामा दादागिरी गरेको आरोप लगाएको छ।

मन्त्रालयका अनुसार थप दुई सय अर्ब डलर बराबरको चिनियाँ सामानको आयातमा लाग्ने करको दर बढाउने ट्रम्प प्रशासनको योजनाले चीन, बाँकी विश्वलाई आघात पुर्‍याउने जनाएको छ।  चीनको विदेश मन्त्रालयकी एक प्रवक्ता हुआ चुनयिङले चीनले आफ्नो रक्षा गर्न र नियममा आधारित अन्तर्राष्ट्रिय व्यापारलाई जोगाउन प्रतिक्रिया जनाउने बताएकी छन्।

चीनले आफ्नो कानुनी अधिकारहरूको रक्षा गर्न आवश्यक कदम चाल्ने उनको भनाइ थियो। गत हप्ता अमेरिकाले ३४ अर्ब डलर बराबरको चिनियाँ सामानको आयातमा नयाँ कर लगाएको थियो र चीनले तत्कालै समान प्रतिक्रिया जनाएको थियो।

वाशिङ्टनले चीनलाई गलत व्यापारिक व्यवहार गर्ने गरेको र बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउने गरेको छ। नयाँ कर लागु गरिने अमेरिकी योजनाको सूचीमा छ हजारभन्दा बढी प्रकारका सामग्रीहरू परेका छन्। जसमा खाद्यसामग्री, विभिन्न खनिज पदार्थ र ह्याण्ड्ब्यागजस्ता सामग्रीहरू पनि छन्।

अमेरिका र चीन जस्ता दुई विशाल अर्थतन्त्रहरूबीच व्यापारिक तनाब बढ्दै गर्दा लगानीकर्ताहरूले जोखिम कम गर्ने धारणा बनाउँदा बुधवार एशियाली सट्टाबजारमा तीव्र रूपमा गिरावट आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.