|

पर्वत : पर्वतमा १०९ जनामा एचआइभीको संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये सात जना बालबालिका रहेका छन्। संक्रमित बालबालिकामध्ये दुई जना पाँच वर्षमुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतकी निमित्त कार्यालय प्रमुख सजीना महर्जनले जानकारी दिए। उनका अनुसार संक्रमित सातै जना बालबालिका वैदेशिक रोजगारीमा गएर फर्किएका बाबुआमाबाट जन्मिएका हुन्। कार्यालयको तथ्यांकअनुसार पर्वतमा सन् २०१२ यता एचआइभी संक्रमणबाट दुई महिला र सात पुरुषको मृत्यु भएको छ। 

एचआइभी संक्रमितहरू उपचार तथा औषधी सेवनका लागि हेरचाह केन्द्रको सम्पर्कमा आए पनि सामाजिक रूपमा खुल्न नसक्दा बालबालिका समेत संक्रमित हुँदै गएका छन। तथ्यांकअनुसार एचआइभी संक्रमितहरू खुल्ने क्रम बढेसँगै मृत्यु हुनेको सङख्या पनि बढ्दै गएको देखिएको छ। 

कार्यालयमा सम्पर्कमा आएका १०९ संक्रमितमध्ये कुश्मा नगरपालिकाका ३७, फलेवास नगरपालिकाका २०, जलजला गाउँपालिकाका १०, महाशीला गाउँपालिकाका सात, मोदी गाउँपालिकाका १६, पैयुँ गाउँपालिकाका दुई जना र विहादी गाउँपालिकाका तीन  जना रहेका छन्।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.