|

काठमाडौं : भक्तपुरको चागुनारायण नगरपालिका ४ मा बुद्धलामाको घर भत्किदा तीन जनाको ज्यान गएको छ। 

घरपछाडी झरेको पहिरोले ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले बताए। बुधारबार रातिबाट भएकाे अविरल वर्षाका कारण काठमाडाै‌ं उपत्यकासहित काभ्रेकाे बनेपा प्रभावित बनेकाे छ।

भक्तपुरका  अधिकांश स्थान डुवानमा परेकाे छ। भक्तपुरमा मात्रै प्रहरीले अहिलेसम्म ५७ जनाकाे उद्धार गरेकाे प्रवक्ता थापाले जानकारी दिए। सेनाकाे एक प्लाटुन उद्धारमा खटिएकाे सेनाका प्रवक्ता  सहायक रथि गाेकुल भण्डारीले जानकारी दिए। 

त्यस्तै भक्तपुरमा मात्रै उद्धारका कार्यमा चार सय प्रहरी परिचालन गरिएकाे थापाले जानकारी  दिए। त्यस्तै काभ्रेकाे बनेपा क्षेत्र पनि डुबानमा परेकाे छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.