|

भद्रपुर, (झापा) : झापाको चाराआली–केचना सडक खण्ड अन्तरगत खनिएको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ।

नाला डुबेर भद्रपुर नगरपालिका १ हिमाली चोक निवासी राजु तामाङको अढाई बर्षीया छोरी रेविका तामाङको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार बुधवार बेलुका ७ बजे घर छेऊ खनिएको सडक नालामा जमेको पानीमा बालिका डुबेको अवस्थामा स्थानीयले देखेका थिए। डुबेर बेहोस भएका बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। बालिका खेल्ने क्रममा नहरमा पुगेको हुन सक्ने प्रहरीको अनुमान छ।

चारआली केचना सडक खण्ड अन्तर्गत एकवर्ष अघि भद्रपुरको एसपी मोड छेऊमा यसरी नै खनिएको पानीमा डुबेर एक बालकको मृत्यु भएको थियो भने एक बालक गम्भिर घाइते भएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.