|

काठमाडौं :  सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहिबार संसदमा पेस गर्दैछ। 

शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुधबारको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ। राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले पुनः नयाँ प्रक्रियाबाट नयाँ विधेयक अघि बढाएको हो।

बुधबार दिउँसो एक बजेका लागि बोलाईएको बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले दर्ता गराएको बिरोधको सूचना समेत निणयार्थ प्रस्तुत हुनेछ। अध्यादेश निष्क्रिय हुनु ५ दिनअघि गत असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरे पनि असार १७ को बैठकमा कांग्रेसले विरोध जनाएपछि अघि बढ्न सकेको थिएन। डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत छन्।

तर, सरकारले परिमार्जनसहित विधेयक अघि बढाएको छ। संसदमाा विधेयक पेस गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ भने सांसदहरूले संशोधन दर्ता गराउनसमेत सक्नेछन्।  त्यस्तै बिहिबारकै बैठकमा अर्थमन्त्री युवराज खतिवडाले लेखापरीक्षण विधेयक २०७५ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीरहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.