|

रुकुम : सल्यानको मौलाहाल्ने देखि रुकुम पश्चिम चौरजहारी चौफा, चन्द्रबजार सडक खण्ड अन्तर्गत दार्मा गाउँ पालिकाको केन्द्र रहेको ठाउँ फारुलामा सडकको अवस्था नाजुक छ। दाङ देखि चौफा चन्द्रबजार आउने बसहरु घण्टौसम्म फस्ने अथवा मान्छेले धकेल्नु पर्ने अवस्था छ। 

जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष पुग्दा समेत गाउँपालिकाको केन्द्र रहेको ठाउँको सडक नै यस्तो छ। मौलाहाल्ने चौफा, चन्द्रबजार सडक खुलेको दशक बढी समय भएपनि स्तर उन्नति हुन सकेको छैन्। जसको वर्षा याममा हिलाम्य सडक र यात्रुहरुको लागि जोखिमपुर्ण गर्नुपर्ने बाध्यता छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.