|

बैतडी : बैतडीमा ट्राफिक नियम उल्लंघनको घटना बढ्दै गएको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण चालु आर्थिक वर्षको अहिलेसम्म दुई हजार १३४ सवारी साधन कारबाहीमा परेका छन्।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलका अनुसार गत आर्थिक वर्ष एक हजार ८८४ वटा सवारीसाधन कारवाहीमा परेका थिए। चालु आर्थिक वर्षको यो अवधिमा नियम उल्लंघन गरेका सवारी साधनबाट १२ लाख १२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष ११ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। 

कारवाहीमा परेका एक हजार १३० वटा जिपबाट छ लाख २५ हजार, तीन सय ८६ ट्रकबाट दुई लाख ६६ हजार, १८२ मोटरसाइकलबाट एक लाख २८ हजार, १३२ वटा ट्याक्टरबाट ८० हजार र ५४ वटा बसबाट ३५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। 

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, तीब्र गतिमा गाडी हाँक्ने, सवारी चालक अनुमतिपत्रविना सवारी साधन चलाउनेलगायतका ट्राफिक नियम उल्लंघनका घटना रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.