|

काठमाडौं : यतिबेला फिल्म 'चि मुसी चि' को टिम प्रचारको लागि देश दौडाहमा निस्किएको छ। टिमले पूर्वी नेपालको बिर्तामोड र धरान सहरमा भव्य कन्सर्ट सम्पन्न गरिसकेको छ। सम्पन्न कन्सर्टमा हजारौँको संख्यामा दर्शकको उपस्थिति थियो।

'डान्स इन्डिया डान्स सिजन ४'बाट वाहवाही बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागी अलिशा शर्माको दमदार नृत्यबाट दर्शकले खुबै मनोरञ्जन गरेको देख्न सकिन्थ्यो। त्यस्तै, नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेको गीतले पनि दर्शक मज्जाले नाचेका थिए। त्यहाँ नायक सुशान्त कार्कीको पनि नृत्य प्रस्तुत भएको थियो।फिल्म टिमले देशैभर प्रमोसनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए। बिर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाडौंलगायतका सहरहरूमा फिल्मले लगातार कन्सर्ट आयोजना गर्ने बताइएको छ।

साउन ११ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा सुनिल, अलिशा र सुशान्तसँगै शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शशांक बस्याललगायतको अभिनय रहेको छ। अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की हुन्। फिल्ममा अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ताका रूपमा रहेका छन्। बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.