|

काठमाडौं : असोज १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अनुराग’को पोस्‍टर रिलिज भएको छ। सार्वजनिक चार पोस्‍टरमा नायक समुन्द्र पण्डित र नायिका एलिज गौतमलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। यी दुवैले यसै फिल्मबाट डेब्यु गर्दै छन्।

‘एलिजा फिल्मस’को ब्यानरमा निर्माण भएको ‘अनुराग’लाई सत्यराज चौलगाईंले निर्देशन गरेका छन्। सांगीतिक प्रेमकथामा आधारित फिल्ममा एलिजा र समुद्रसँगै सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर रानालगायतको अभिनय रहेको छ।

पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको यस फिल्ममा एलिजा गौतम, भरत गौतम र गीता भेटवालको संयुक्त लगानी रहेको छ। फिल्ममा किरण दाहालको कथा, सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद छ। रामकुमार केसीले खिचेको फिल्मलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.