|

जाजरकोट : जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य इकाइ कार्यालय सहयोगीको भरमा चलेको छ। उक्त इकाइ बैशाख ५ देखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सञ्चालन हुँदै आएको छ।

इकाइमा कार्यरत अहेब लोकेन्द्र बस्नेत बैशाख ५ देखि कार्यालयमा उपस्थित भएका छैनन्। अहेबको अनुपस्थितिमा अाफै‌ंले बिरामी जाँच्नेदेखि औषधि वितरणसम्मको काम गर्दै आएको बस्नेतले बताए।

इकाइमा दैनिक ३० जनाभन्दा बढी बिरामी आउने गरेको कार्यालय बस्नेतले बताए। तर, उपचारको अभावमा बिरामीहरु फर्कने गरेका छन्। स्वास्थ्य इकाइबारे जानकारी लिन गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई सम्पर्क गर्दा यथार्थ बुझेर मात्र जानकारी दिने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.