|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सम्बन्धलाई चौतर्फी रुपमा सुदृढ गर्न लागेको बताएका छन्। उनले दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्नका लागि नै दुई देशबीच उच्चस्तरीय भेटवार्ता भइरहेको बताए।

उनले चीनसँगको पारबहन र यातायातसम्बन्धि प्रोटोकल जुलाई महिनाभित्र तयार हुने बताएका छन्।

प्रधानमन्त्री ओलीले चीनसँगको पारबहन र यातायातसम्बन्धि प्रोटोकललाई अन्तिम रुप दिन दुई मुलुकबीच पहिलो चरणको बैठक हालै सम्पन्न भएको पनि स्मरण गराए। प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा उक्त प्रोटोकललाई जुलाईभित्र सम्पन्न गर्ने समझदारी भएको थियो। सोही समझदारी अनुसार कामलाई अघि बढाएको प्रधानमन्त्री ओलीले बताए।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको चीनसँग इतिहासभन्दा अघि देखेको सम्बन्ध रहेको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सरकारले चीनसँग चौतर्फीरुपमा सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका थिए। उनले जल, वनस्पति, जीवजन्तुको आदानप्रदानले पनि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने स्मरण गराए। प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी हितलाई अझै बलियो बनाउन उच्च स्तरीय भेटवार्तालाई जोड दिइएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.