|

काठमाडौं : फिल्म ‘चौका दाउ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक उक्त पोस्टरमा फिल्मका मुख्य कलाकारहरू विल्सन विक्रम राई, रवीन्द्र झा, सन्तोष पन्त, तैयब शाहलाई प्रस्तुत गरिएको छ। जहाँ उनीहरू एक गाडीमा अर्धनग्न अवस्थामा देखिएका छन्। पोष्टर सार्वजनिक गर्दै फिल्मले आफ्नो प्रदर्शन मिति पनि तय गरेको छ। पोष्टरमा फिल्म मंसिर ७ गतेबाट प्रदर्शनमा आउने उल्लेख छ।  

पूणेन्दु झा निर्देशित यस फिल्ममा विल्सन विक्रम, रबिन्द्र, सन्तोष, तैयबसँगै अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ। शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। फिल्मलाई दीर्घ गुरुङले खिचेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.