|

कालिकोट : कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नाग्मदेखि मुगुको गमगढी सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्‍चालनमा समस्या भएको छ। सडक निर्माण भएको ८ वर्ष बित्दा पनि स्तरउन्नति नहुँदा सवारी साधन संचालनमा समस्या हुने गरेको हो। 

सडक निर्माण भएको लामो समय बित्दा पनि कालोपत्रे सहितको स्तरउन्नति नहुँदा वर्षा याममा हिलो बढी हुने भएका कारणले सवारी साधन संचालनमा समस्या हुने गरेको छ। नेपाली सेनाले नाग्म गमगढी सडक २०६९ पुस १ गते निर्माण सम्पन्न गरेर सवारी साधन संचालनमा आएका थिए। सडकको स्तरोन्नति नहुँदा दोहोरो गाडी चलाउन मुस्किल हुने गरेको वर्षा याममा रारा आउने पर्यटकहरूको कमी हुने गरेको कालिकोट नाग्मका स्थानीय मायालाल महताराले बताए। ‘एकतर्फी सडक भएकाले ठूला गाडी चलाउन समस्या हुने गरेको छ।’ उनले भने, ‘वर्षायाममा सडक हिलाम्मे हुने गरेका कारणले रारा आउने पर्यटकहरू पनि आउँदैनन्।’

कर्णाली राजमार्ग अर्तगतको सुर्खेतदेखि नाग्मासम्म २३८ किलोमिटर सडक कालोपत्रे भएको भए पनि नाग्मादेखि गमगढीसम्मको ९४ किमी सडक कच्ची हुँदा सवारी साधन चलाउन समस्या हुने गरेको जुम्लाका कनकासुन्दरी गाउँपालिकाका स्थानीय नरबहादुर रोकायाले बताए। ‘सुर्खेतदेखि नाग्मसम्मको सडक कालोपत्रे भएको छ।’ उनले भने, ‘नाग्मदेखि मुगुसम्मको सडक स्तरउन्नति र कालोपत्रे नहुँदा यात्रु र सवारी साधन वर्षायाममा निकै ग्राहो हुने गरेको छ।’ 

सडकको स्तरउन्नति नहुँदा मुगु र जुम्लाको सिमाना घुच्ची लेकको सातमोड, ताल्चा एयरपोट नजिकै, मैतुडाडा झयारीखोला, जुम्लाको रोकायाबाडा, जियाभिर लगायत दर्जन स्थानमा सवारी साधान चलाउन अत्यन्तै कठिनाइ हुने गरेको छ। नाग्म गमगढी सडकखण्ड आगामी आर्थिक वर्षमा वर्षदेखि सडक कालोपत्रेको काम अगाडि बढ्ने सडक डिभिजन प्रमुख माधवप्रसाद अधिकारीले बताए।‘आगामी आर्थिक वर्षमा सडकको स्तरउन्नतिसहित कालोपत्रे गर्ने बजेट छुटिएको छ।’ उनले भने, ‘आगामी आर्थिक वर्षबाट कालोपत्रेसहित सडक स्तरउन्नतिको काम सुरु हुनेछ।’

दर्जनाै‌ं पुल अलपत्र

नाग्म गमगढी सडकखण्डमा पर्ने दर्जनाैं पक्की पुल निर्माण नहुँदा समस्या भएको छ। सडकखण्डको जुम्लाको गोठी ज्युला खोला, झयारी खोला, ताल्चा खोला, पिना खोला लगायत स्थानमा पक्की पुल निर्माण नहुँदा सवारी साधन संचालनमा समस्या भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.