|

पर्वत : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख गरिएका हकहरूको कार्यान्वयनका लागि संघीय सरकारले कानुन बनाउन नसक्दा प्रदेश र स्थानीय सरकार सञ्‍चालनमा समस्या भएको बताएका छन्। 

पर्वतको मोदी गाउँपालिकास्थित पातिचौर-मैदान-लप्सीबोट सडकको शुभारम्भ कार्यक्रममा बोल्दै तिमिल्सिनाले संघीय सरकारले आवश्यक कानुनको निर्माण गर्न नसक्दा प्रदेश सरकारर स्थानीय सरकारले गर्ने काम कारवाही प्रभावित भएको उल्लेख गरे। संविधानले व्यवस्था गरेका हकहरूलाई कानुनमा उतार्न महत्पूर्ण भएकाले आगामी दिनमा केन्द्र सरकार त्यो दिशामा सभाध्यक्ष तिमिल्सिनाको भनाई छ। संविधानमा सबै व्यवस्था गरिएको भए पनि संविधानमा भएका कुराहरूलाई कार्यान्वयनमा लैजाने विषय चुनौतिपूर्ण रहेको उनको ठहर छ।

अध्यक्ष तिमिल्सिनाले संविधानमा लेखिएका कुराहरूको कार्यान्वयन गरी व्यवहारबाट रुपान्तरण गर्नका लागि राष्ट्र समृद्ध हुन जरुरी रहेको बताउँदै देशलाई समृद्ध बनाउन तिनै तहका सरकार आ आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिए। उनले विकास नै राज्यको पहिलो प्राथमिकता भएकाले विकास निर्माणका कार्यमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने समेत बताएका छन्।

विगतका समयमा विकास निर्माणका कार्यमा अनावश्यक खिचातानीले देश पछाडि परेको बताउँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले समृद्धिको दिशामा अगाडि बढ्न सबैको हातेमालो आवश्यक पर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.