|

काठमाडौं : रंगकर्मी नानी थापाको जन्मदिन पारेर उनीद्वारा लिखित, निर्देशित एकल नाटक 'जूनकिरी'बाट संकलित रकम सिन्धुपाल्चोकको दोलालघाटमा निर्माणाधीन एकीकृत नमूना माझी बस्तिलार्इ सहयोग स्वरूप प्रदान गरिएको छ। सहयोगको रकम नाट्यकर्मी अशोक मल्ल र लिला थापाले श्वेताश्री फाउन्डेशनकी अध्यक्ष नायिक तथा समाजसेवी श्वेता खड्कालार्इ प्रदान गरेका हुन्।

लोटस फोटोग्राफी स्कुलको प्रस्तुति र रंगकर्मी थापाद्वारा लिखित, निर्देशित र प्रस्तु एकल नाटकबाट संकलित एक लाख रुपैयाँ एकीकृत बस्ति निर्माणमा सहयोग गरिएको हो। नाचघरमा भएको एक कार्यक्रमका बीच रकम हस्तान्त्रण गरिएको थियो।

श्वेताश्री फाउन्डेसनका तर्फबाट स्वेता खड्का र यज्ञ कार्कीले सुभकामना तथा धन्यवाद ज्ञापन गरेका थिए। साथै जूनकिरीको सहयोग तथा बहस कार्यक्रम नाटकका  शुभेक्षुक, दर्शक र परिवारका सदस्यहरूका माझ जूनकिरीको सफलताको केक काटेर प्रेम, सद्भभाव र शुभकामना साटासाट गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.