|

दाङ : बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पारित गरेको छ। बिहीबार बंगलाचुली गाउँपालिकाको असार ९ र १० गते प्रस्तुत गरेको तेस्रो गाउँसभाले ३२ करोड ८० लाख २५ हजार रुपैयाँ बरावरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

चालु प्रशासनिक खर्चतर्फ ४ करोड ९१ लाख ९२ हजार रुपैयाँकाे बजेट विनियोजन गरिएको छ। त्यसैगरी पुँजीगततर्फ १३ करोड ७० लाख ५० हजार बजेट विनियोजन गरिएको छ। त्यसैगरी शसर्त अनुदान तर्फ १४ करोड १६ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ। गाउँसभाले पुँजीगततर्फ छुट्याएको बजेट मध्ये सडक, खानेपानी, सिंचाई, पर्यटन जस्ता पूर्वाधार निर्माण गर्न नाैकरोड १८ लाख ५० हजार अर्थात कुल बजेटको ६७ प्रतिशत बजेट विनियोजन गरेको छ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा उपाअध्यक्ष यमुना थापामगरले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। गाउँपालिकाले भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, शिक्षा, युवा तथा खेलकुद, महिला वालवालिका तथा लक्षित वर्ग, सडक यातायात, खानेपानी सिंचाई लगायतका क्षेत्रलाई समेट्ने गरी आवश्यक बजेटको व्यवस्था गरेको छ। यस्तै गाउँपालिकामा करिव पौने दुई करोड बराबरको शैक्षिक क्षेत्रको विकासका लागि बजेटको विनियोजन गरीएको गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले बताए।

यस वर्ष गाउँपालिकाले आर्थिक विकासका लागि कृषि तथा सहकारीलाई जोड दिएको छ। जसअनुसार 'वस्तुको निकासी समृद्ध बंगलाचुलीवासी' भन्ने मूल नाराकासाथ विभिन्न आयआर्जनका कार्यक्रमहरू संचालन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। त्यसै गरी एक गाउँ एक उत्पादन कार्यक्रम लागू गरिने समेत कार्यक्रम प्रस्तुत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.