|

संखुवासभा : जिल्लाको चैनपुर नगरपालिका कार्यालयले असार ५ गते बसेको  कार्यपालिकाले बैठकले  वडा अध्यक्षहरूलाई मोटरसाइकल किन्ने निर्णय गरेको थियो। नगर प्रमुख नभएको बेला उप–प्रमुख मुना श्रेष्ठले गरेको मोटरसाइकल खरिदसम्बन्धी निर्णयको चौतर्फी विरोध भएपछि नगरपालिका सो निर्णयबाट पछि हटेको छ। 

गत बुधबार नगर प्रमुख भरतकुमार खत्रीको अध्यक्षतामा बसेको  बैठकले उक्त निर्णय खारेज गरेको हो। उपप्रमुख मुना श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले १५० सिसीको मोटरसाइकलको  मूल्यमा ७० प्रतिशत नगरको अनुदान र बाँकी ३० प्रतिशत वडा अध्यक्षहरूको लगानीमा उनीहरूकै नाममा खरिद गर्ने निर्णय गरेको थियो।

केहि दिनअघि न्यूज २४ टेलिभिजनले सिधा कुरा जनतासँग भएको टेलिफोन वार्तामा नगर प्रमुख खत्रीले आफू नभएको बेला गरिएको गलत निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताएका थिए। मोटरसाइकल खरिदको नाममा हुने लाखौँ रुपैयाँ रकम दुरुपयोग हुनबाट बचेको स्थानीयवासीको भनाइ छ। यस नगरमा ११ वटा वडा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.