'दुई पाइला चाल्दा अघि चार पाइला देख्छु'

|

काठमाडौं: भोलि के गर्ने र कस्तो परिचय बनाउने अनि आजको कामलाई भोलि कसरी विस्तार गर्ने योजना नै लक्ष्य भेटाउने अचुक सूत्र हो। कतिले दूरगामी त कतिले अल्पकालीन लक्ष्यका साथ भविष्यका कार्ययोजनाको ग्राफ कोरेका हुन्छन्।

उद्योगी प्रबलजंग पाण्डेले अबको पाँच वर्षको ग्राफ आफ्नो मानसपटलमा कोरका छन्। उनको अबको लक्ष्य आफ्नो, पारिवारिक र सामूहिक लगानीमा स्थापना गरिने उद्योगबाट तीन हजार नयाँ रोजगारी सिर्जना गर्ने हो।

देशको प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने हो। अहिले सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, भोलि खोल्ने उद्योगको विषयमा सम्भाव्यता अध्ययन गरिसक्ने हो। उनले आफ्नो भविष्यको योजनालाई महत्त्वाकांक्षी भने बुझेका छैनन्। उद्योगी पाण्डे भन्छन्, 'मैले सामान्यतय आफैंले बुनेको लक्ष्य पूरा गर्दै गएको छु, अबका लक्ष्य पनि पूरा गर्ने गर्ने गरी निर्धारण गरिएका छन्।'

यो अभियानको सुरु भइसकेको पाण्डे बताउँछन्। यसका लागि अबको दुई महिनामा उनी र उनको समूहले थप दुई उद्योग र दुई व्यापार क्षेत्रमा उपस्थिति देखाउने छन्। निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रहेका प्रवल महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन्। बाबुले देखाएको बाटोमा हिँडेको भनेर चिन्ने धेरै छन्। तर, यो क्षेत्रमा उपस्थिति देखाउन उनले व्यावहारिक तथा सैद्धान्तिक परीक्षा पास गरिसकेका छन्।

जागिरपछि उद्योग

सन् १९९७ मा पाण्डेले टेलिकम्युनिकेशन इन्जिनियरिङमा बैैंग्लाेर भारतबाट स्नातक गरे। त्यसपछि नेपाल आएका उनी बाबुले सञ्चालन गरेका उद्योगमा भन्दा आफ्नो पढाइ अनुसारको कामको खोजीमा रहे।

सन् १९९८ मा उनले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा जागिर सुरु गरे। करिव १० वर्ष दूरसञ्चर प्राधिरकरणमा काम गर्दा थप धेरै कुरा गरेर पढ्न पाएको अनुभूति पाण्डेलाई छ। उनले त्यहाँ काम गर्ने क्रममा नेटवर्क विस्तारको लागि देशका धेरै स्थानमा गएर काम गर्ने अवसर पाए। तालिम लागि विदेशमा पुगे। एक महिने दुई महिने तथा तीन महिने तालिमले उनलाई थप पोख्त बनायो।

अन्तत उनलाई जागिरे जीवन बिताइरहनु भन्दा उद्योग व्यवसायमा आफ्नो कला देखाउन मन लाग्यो र आफ्नो भूमिका त्यता खोज्न थाले। बुबाले सञ्चालन गरेको एउटा उद्योगमा गएर आफू उपस्थिति देखाउन भने उनले चाहेनन्।

बुबाको सल्लहाअनुसार जनपुरमा सञ्चालित सिमिन्ट उद्योगलाई मोरङमा विस्तार गर्ने निर्णय भयो। जहाँ जग्गा खरिददेखि वातावरणीय प्रभाव मूल्यांकन र जनशक्ति व्यवस्थापनको जिम्मालगायतका काम उनले एक्लै गर्नु पर्ने थियो। यो उनको लागि उद्योग क्षेत्रमा सफलता हासिल गर्ने वा नगर्ने भन्ने परीक्षा पनि थियो।

तर, सहज रूपमा एक वर्षमा नै उद्योग सञ्चालनमा आएपछि उनी बुबाले चलाएका उद्योगहरूमा व्यवस्थापकीय र वित्तीय व्यवस्थापनमा सहयोगी बन्न पुगे।

पछिल्लो दुई वर्षदेखि आफ्नै फर्चुन इन्भेष्टमेन्ट प्रालिमा छन्। यो सामूहिक लगानी योजना अन्तर्गत स्थापना गरिएको कम्पनी हो। आफ्ना दौतरीहरूसँगको सहकार्यमा उनीहरूले प्रालि स्थापना  गरेका छन्।

 

अहिले के गर्दैछन्?

पारिवारिक उद्योगमा प्रोडक्सनको बाटोमा रहेका उनी सँगै व्यवस्थापकीय भूमिकामा पनि छन्। पछिल्लो दुई वर्षदेखि आफ्नै फर्चुना इन्भेष्टमेन्ट प्रालिमा छन्। यो सामूहिक लगानी योजनाअन्तर्गत स्थपना गरिएको कम्पनी हो। समान विचारधारा भएका उद्याेगी व्यवसायीहरूकाे सहकार्यमा उनीहरूले प्रालि स्थापना गरेका छन्। अहिले यो प्रालिमार्फत गरिने कामको रणनीति बुन्ने र लगानी विस्तारको योजनाको काम भएको छ।

सामूहिक लगानीको लागि स्थापना गरेको फर्चुन इन्भेष्टमेन्ट प्रालिमा निर्देशकको भूमिकामा पाण्डे छन्। पाण्डे भन्छन् 'दुई महिनामा व्यापारअन्तर्गत दुई क्षेत्र र उद्योगअन्तर्गत दुई उद्योगमा हाम्रो सशक्त उपस्थिति रहेनेछ।'

एक/डेढ महिनामा सामूहिक लगानीअन्तर्गत 'पेड बोतल' उद्योग सञ्चालनमा आउने छ। त्यस्तै यो प्रालिबाट अर्को उद्योग पनि सञ्चालनमा ल्याउने तयारीमा हरेको पाण्डेले बताए। जसको नाम भने खुलाउन उनी चाहेनन्।

त्यस्तै व्यापार अन्तर्गत इन्डियन प्रित टेक्टरकाे अाधिकारिक विक्रेता भएर पछिल्लाे एक वर्षदेखि फर्चुनाबाट काम भइरहेकाे छ। फर्चुना नै अाधिकारिक विक्रेता भएर अबकाे एक महिना भित्र वाेकिना विद्युतिय स्कुटर नेपालमा भित्र्यायन थालिएकाे पाण्डेले बताए।

त्यस्तै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा चीनको ग्वीझाउ कम्पनीसँग फर्चुना इन्भेष्टमेन्ले गरेको सहमतिअनुसार पाँच अर्ब रुपैयाँ लगानी भित्र्याउने सम्झौता भएको छ। यी दुई कम्पनीबीच लगानी गर्नको लागिसमेत कार्यालय स्थापना गरी काम सुरु गरिएको र एक महिनामा निचोड निकालिने उनले बताए।

पाँच वर्ष योजना

पाण्डे भन्छन् 'अबको पाँच वर्षमा कम्तिमा तीन हजार जनालाई थप रोजगारी श्रृजना हुनेछ। यसअन्तर्गत पारिवारिक उद्योग व्यवसायमा एक हजार जनाले रोजगारी पाउने छन् भने सामूहिक लगानीबाट खोलिएका उद्योग र व्यवसायमा दुई हजार जनाले रोजगारी पाउँने छन्।'

'लक्ष्यमा पुग्नको लागि चाल चाल्नै पर्छ, गति कहिले छिटो होला कहिले ढिला', पाण्डेले भने, 'रोकिएर दायाँबायाँ लागियो भने गन्तव्य भेटिदैन त्यसैले दायाँ बायाँ नहरेर निरन्तर अघि बढिरहन्छु, दुई पाइला चाल्दा अघि चार पाइला देख्छु।'

भएका उद्योगलाई पूर्णरूपमा सञ्चालन गर्ने पाँच वर्षे योजना छ। उच्च पहाडी जिल्ला आधुनिक कृषि फर्म स्थापना गर्ने योजनामा उनीहरू रहेका छन्। 'उच्च पहाडी क्षेत्रमा कृषि मोडेल चलाएको चाइनिजसँग अनुभव छ, हामीले चाइनिज मोडेल प्रयोग गरेर उच्च पहाडी क्षेत्रमा आधुनिक कृषि प्रणाली चलाउनेछौँ' पाण्डेले भने।

राज्यले प्राथमिकता तोकेका कृषि, पर्यटन तथा ऊर्जा क्षेत्रमा आफ्नो उपस्थिति देखाउने लक्ष्य रहेको छ। चाइनीजसँगको सहकार्यमा उच्च पहाडी क्षेत्रमा कृषि फर्म चलाउने विषमया एक महिनामा मोडेल तयार हुने पाण्डे बताउँछन्।

फर्चुना आधिकारिक बिक्रेता रेहका व्यापारलाई देशभरबाट बिक्री वितरण गर्ने सञ्चाचलानमा रहेका उद्योगलाई देशभर थेग्नेगरी क्षमता वृद्धि गर्ने योजना रहेको छ। उनले आफ्ना योजनासँगै त्यसपछिको पाँच वर्ष फेरि कसरी अघि बढ्ने भन्ने विषयमा सम्भाव्यता अध्ययन पनि यही समयमा गर्ने बताउँछन्।

'लक्ष्यमा पुग्नको लागि चाल चाल्नै पर्छ, गति कहिले छिटो होला कहिले ढिलो', पाण्डेले भने, 'रोकिएर दायाँबायाँ लागियो भने गन्तव्य भेटिँदैन त्यसैले दायाँ–बायाँ नहरेर निरन्तर अघि बढिरहन्छु, दुई पाइला चाल्दा अघि चार पाइला देख्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.