मनोरञ्जन

कायराको गीत रिलिज, फिलिपिन्समा आर्यन र साम्राज्ञीको रोमान्स
SHARES

असार २८, २०७५

    काठमाडौं : फिल्म ‘कायरा’को रोमान्टिक गीत रिलिज भएको छ। बिहीबार युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘सुखमा’ बोलको गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने केतन क्षेत्रीले स्वर दिएका छन्।  

    प्रविण सिंहको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचरिङ छन्। फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको भिडियोमा आर्यन र साम्राज्ञी निकै रोमान्टिक देखिएका छन्। उनीहरुको जोडी पनि सुहाएको छ।

    साउन १८ बाट प्रदर्शनमा आउने फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन्। लक्ष्मणकै लेखन रहेको फिल्ममा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, सुरेश न्यैपाने, मरिषा श्रेष्ठलगायतको अभिनय रहेको छ। लक्ष्मण रिजालको लगानी रहेको फिल्ममा दिनेश थापा र दिवश पराजुली सह-निर्माताका रूपमा रहेका छन्।

    आर्यन सिग्देलको प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल, कल्याण सिंह र कोशिस क्षेत्रीको संगीत, प्रविण सिंहको नृत्य निर्देशन रहेको छ। शिवराम श्रेष्ठले खिचेको फिल्मलाई वनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]