|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

गृहमन्त्रीले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे।

उनले भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदूतलाई आग्रह गरे। 

यस्तै खुला सिमको फाईदा उठाउँदै हुने मानवतस्करी, सुन तस्करी, लागुपदार्थको ओसार पसारलगायतका अपराधविरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराधविरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकोमा जोड दिए। जवाफमा राजदूत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताए।

राजदूत पुरीले नेपाल प्रहरीको तालिम केन्द्र निर्माणकार्यको विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको भन्दै योसम्बन्धी कार्य अघि बढिसकेको जानकारी दिए। भेटमा उनले गृहमन्त्री थापालाई भारत भ्रमणको लागि आग्रह समेत गरे।
 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.