|

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सचिवालयमा कार्यरत आफ्ना सबैजसो कर्मचारीलाई विभिन्न निकायको जिम्मा दिएका छन्। नेपाल समाचारपत्र दैनिकका अनुसार मन्त्री पोखरेलले आफूलाई भेट्न आउन मन्त्रालयका सहसचिवलगायत उच्च पदाधिकारीलाई सचिवालय सदस्यमार्फत काम गर्न आउनुपर्ने व्यवस्था गरेका छन्।

‘आफू  बेफुर्सदी भएकाले सचिवालय सदस्यमार्फत काम गर्नु भन्दै पन्छिने गर्नुभएको छ’, एक उच्च स्रोतले भन्यो। मन्त्री पोखरेलले १७ सल्लाहकारमध्ये केहीलाई निजी सचिव र केहीलाई सल्लाहकारको जिम्मेवारी दिएर जम्बो टोली बनाएका छन्।

टोलीका सदस्यले विभिन्न निकायको जिम्मेवारी लिएका छन्। सल्लाहकार राख्नेसमेत अधिकार नभएका मन्त्री पोखरेलले जीवन गौतमलाई घोषित रूपमै सल्लाहकार राखेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सुविधासम्बन्धी नियममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले स्वकीय सचिव एक जना, स्वकीय अधिकृत एक जना, नासुसरहको सहायक एक जान र दुई सवारी चालक गरी पाँच कर्मचारी राख्नुपर्ने उल्लेख छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.