|

काठमाडौं : उच्च अदालतका ८० न्यायाधीशको पद जोखिममा परेको छ। सर्वोच्च अदालतको बिहीबारको अादेशसँगै ती न्यायाधीशकाे पद संकटमा परेको हो।

ती न्यायाधीशको निुक्तिको निर्णय बदर गरी कानुनबमोजिम पुनः न्यायाधीश नियुक्त गर्नुपर्ने मागसहित दायर रिटउपर बिहीबार सर्वोच्च अदालतले सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममका परेको हो।

नेपाल समाचारपत्र दैनिकका अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कुरा गर्न नमिल्ने बताउँदै पछि फैसला जस्तो पनि आउनसक्ने टिप्पणी गरे। ‘यथास्थितिमा रहेको यो मुद्दाको हार जित जे पनि हुनसक्छ। यो अर्थमा उहाँहरूको पद संकटमा पर्न सक्छ’, केसीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.