विश्व

ट्रम्पले सार्वजनिक गरे उनले पठाएको चिठी
SHARES

असार २९, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उनले लेखेको चिठी सार्वजनिक गरेका छन्।

    सामाजिक सञ्जाल ट्विटरमार्फत ट्रम्पले किमले अमेरिकासँगको सम्बन्धबाट नयाँ भविष्यको अपेक्षा व्यक्त गरेको चिठी ट्रम्पले सार्वजनिक गरेका हुन्। ट्रम्पले यो चिठीलाई निकै उत्कृष्ट भनेका छन्।

     

    चिठीमा उत्तर कोरियाले परमाणु हतियार निशस्त्रीकरणका लागि गरिरहेको वा गर्ने कामका बारेमा केही उल्लेख गरिएको छैन। गत महिना अर्थात् जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक ट्रम्प–किम वार्ताको मुख्य मुद्दा नै उत्तर कोरियाको परमाणु कार्यक्रम र त्यसको निशस्त्रीकरण रहेको थियो। उत्तर कोरियामाथि अमेरिकाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइरहेका बेला ट्रम्पले चिठी सार्वजनिक गरेका हुन्।

    प्रतिबन्धका बाबजुद उत्तर कोरियाले विभिन्न देशबाट तेल ल्याउने गरेको आरोप अमेरिकाको छ। गएको डिसेम्बरमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि वर्षको पाँच ब्यारेल तेल मात्रै निर्यात गर्न पाउने गरी प्रतिबन्ध लगाएको थियो।

    चिठीमा किमले सम्बन्ध सुधारका लागि ट्रम्पले गरेको प्रयासको प्रशंसा गरेका छन्। यस्तै उनले अमेरिका र उत्तर कोरियाबिचको विश्वासको वातावरण थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]