खेलकुद

इंग्ल्याण्डलाई घरेलु मैदानमा हरायो भारतले, कुलदीप बने नायक
SHARES

असार २९, २०७५

    इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसिय खेलमा भारत ८ विकेटले विजयी भएको छ। जितसँगै भारतले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ। 

    इंग्याण्डको घरेलु मैदान नटिङ्घममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टिमले ४० ओभर ५ बलमा २६८ रनमा अलआउट भयो । उसका लागि जोस बट्लरले ५३ तथा बेन स्टोकले ५० रनको योगदान गरे। यस्तै जेसोन रोय र जोनी ब्रेस्ट्रोले समान ३८–३८ रन बनाए। मोइन अलीले २४ रन थपे। इ‌ंग्ल्याण्डको पारीलाई कमजोर पार्न कुलदीप यादवले करियरकै उत्कृष्ट बलिङ गरे जसमा उनले १० ओभरमा २५ रन खर्चिदै ६ विकेट लिए।

    जवाफमा भारतले रोहित शर्माको उत्कृष्ट ब्याटिङका कारण ४० ओभर एक बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। भारतका लागि शर्माले अविजित एक सय ३७ रन बनाए। जसमा १५ चौका र ४ छक्का सामेल थियो। यस्तै शिखर धवनले ४० र कप्तान विराट कोहलीले ७५ रन बनाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]