संखुवासभा : पाँचखपन नगरपालिका वानामा २० वर्षपछि बेठी लगाएर धान रोपाइँ गरिएको छ। बेठी लगाएर धान रोप्ने संस्कृति र लोपोन्मुख नौमती बाजाको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बिष्णु श्रेष्ठले बताए। ५० भन्दा बढी रोपाहार र १२ हल गोरु ५० बाउसे रहेर रोपाइँ चार घण्टामा सकिएको थियो।
रोपाइँमा नगरप्रमुख विपिन राई पनि सहभागी थिए। रोपाइँमा उत्कृष्ट साउने र गोरु कुदाउने पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः दुई हजार ५००, एक हजार ५००,एक हजार र ५०० पुरस्कार दिइएको थियो। रोपाहारहरूलाई जनही १०० रुपैयाँ प्रदान गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।