समाज : सुरक्षा/अपराध

जीप दुर्घटना अपडेट : पाँचको मृत्यु, आठ घाइते
SHARES

असार २९, २०७५

    काठमाडौं : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा बिहिबार बेलुकी बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। 

    मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोदोम तामाङ, ६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भिम बहादुर तामाङ रहेका छन्। ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। 

    दुर्घटनामा घाइते भएका आठै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीबाट थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज काठमाडौ ल्याइएको छ। मेलम्ची मानेखर्क सडकखण्डकको सल्लेडाँडामा लु १ ख ९९९ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट करिब ४ सय मीटर तल खसेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]