|

रौतहट : रौतहटको मौलापुरमा शुक्रबार बिहान अज्ञात समुहले नक्कलीे बम राखेर स्थानियलाइ आतंकित गराएका छन्।

पूर्वशहरी विकास मन्त्री तथा रौतहट क्षेत्र नं. ३ का संसद प्रभु साहले बिपन्न परिवारलाइ बितरण गर्न राखिएको ग्यास गोदाममा सो डेमो बम भेटिएको हो। उक्त नक्कली बम मौलापुर नगरपालिका ६ पथराबुधरामका हरीओमप्रसाद जयसवालको घरमा राखिएको थियो।

बमले स्थानियबासी त्रसित भएपछि सुरक्षा निकायलाई खबर गरिएको थियो। ग्याँस गोदाममा बम भएको हल्ला भएपछि चन्द्रनिगाहपुरबाट नेपाली सेनाका सहसेनानी बाबुराम पौडेलको बम डिष्पोज टोली पुगेर डिष्पोज गराउदा नक्कली बम राखेको प्रमाणित भएको बोर्डर आउट पोष्ट सरमजुवाका शसस्त्र प्रहरी निरिक्षक सुन्दर श्रेष्ठले जानकारी दिए। बोरा भित्र बिभिन्न पलाष्टीकहरु हालेर ग्यास गोदाम भएको जयसवालको घरमा झुण्डाइएर राखेपछि बमको आशंका गरिएको शसस्त्र प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए।

पूर्वमन्त्री तथा संसद साहले आफनो क्षेत्र ३ का गरिब तथा बिपन्न परिवारलाइ ग्याँस चुलो बितरण गदै आएका छन्।  ग्याँस बितरणमा असन्तुष्ट पक्षले यस्तो नक्कली बम राखेको हुन अनुमान गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.