|

विश्वकप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। फ्रान्सले १२ वर्षपछि विश्वकपको फाइनल स्थान सुरक्षित गर्दा क्रोएसियाले पहिलोपटक फाइनलमा स्थान बनाएको छ।

बेल्जियमलाई १-० ले हराउँदा फ्रान्स दोस्रोपटक विश्वकप उपाधि उचाल्ने संघारमा छ। त्यसोत पहिलो फाइनलमै उपाधि जित्ने ध्याउन्न‍मा क्रोएसिया हुनेछ। विश्वकपका चार सेमिफाइनलिस्टमा विदेशी खेलाडीकै बाहुल्यता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन्। सेमिफाइनलमा ९२ खेलाडी सहभागी रहेमध्ये। ४० खेलाडी सोही देशको नभई विदेशमा जन्म भएका खेलाडी रहेको जनाइएको छ।

पछि मात्र उनीहरूले त्यहाँको नागरिकता लिएका थिए। फ्रान्समा मात्र १७ खेलाडी गैरफ्रान्सेली हुन्। बेल्जियममा १०, इंग्ल्यान्डमा ९ तथा क्रोएसियामा ४ खेलाडीले नागरिकता परिवर्तन गरेको जनाइएको छ। फ्रान्समा ७४, बेल्जियममा ४३, इंग्ल्यान्डमा ३९ र क्रोएसियामा १७ प्रतिसत विदेशी खेलाडीले हिस्सा ओगटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.