|

काठमाडौं :  जापान सरकारले नेपालको मानव संशाधन विकासको लागि २८ करोड २० लाख जापा यन अर्थात् २७ करोड ४० लाख रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ। यो रकम उपलब्ध गराउने विषयमा नेपाल सरकार र जापानका राजदूतबीच सहमति भएको छ।

शुक्रबार अर्थमन्त्रालयमा अर्थसचि डा. राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच सहमतिमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार नेपाली विद्यार्थीलाई छात्रा वृत्ति प्रदान गर्न र मानव संशाधनका विकासको लागि यो रकम प्रयोग हुनेछ।

विगतदेखि जापान लगायतका दातृ निकायले गरेको यस्ता सहयोगबाट नेपालको सामाजिक आर्थिक विकासमा सहयोग पुग्ने अर्थसचिव डा. खनालले बताए। उनले यस्तो रकमको दुरुपयोग नुहनेसमेत प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, राजदूत साइगोले दुई देशबीच आर्थिक सम्ब‍न्ध थप मजबुत भएको बताए सहयोग आदानप्रदान पनि भइरहने र नेपालको विकासमा जापानले सहयोग पुर्‍याउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.