|

जाजरकोट : पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन्। लामो समयदेखि रोकिएको तलब अर्थ मन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन्।

जिल्ला अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले तलब निकासा हुने निश्चित भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरि काममा फर्किएको बताए। भेरी नगरपालिकाले अर्थ मन्त्रालयबाट तलब निकासा दिन स्वीकृति दिएको जानकारी गराएपछि  आन्दोलन फिर्ता लिन आग्रह फिर्ता भएको हो।

नगरपालिकाले तलब र भत्ता गरी एक करोड ३२ लाख रुपैया माग गरेकोमा हाललाई ९५ लाख रुपैयाँ स्वीकृति भएको नगरप्रमुख घर्तीले बताए। एक दुई दिनमै उनीहरूले तलब लिन पाउननेछन् उनले भने, ‘ढिलै भए पनि तलब दिन अर्थ मन्त्रालय सहमत भएको छ। खुसीको कुरा हो। तपाईंहरूले अबको केही दिनमै तलब पाउनुहुन्छ। ढुक्क भएर काममा फर्किनुहोस्।’

स्थानीय तहमार्फत आएको रकमले गत माघसम्म मात्र पुगेको र त्यसपछिको बाँकी ५ महिनाको तलब नपुग्दा स्वास्थ्यकर्मीले तलब लिन पाएका थिएनन्। भेरी नगरका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले मन्त्रालयमै गएर स्वास्थ्यकर्मीको तलब निकासा दिन आग्रह गरेका थिए। लामो समयदेखिको तलब नपाएपछि स्वास्थ्यकर्मीले दबाबका लागि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.