|

काठामाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जुम्लामा पुगेर आमरण अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बेला जुनसुकै बेला बल प्रयोग गरेर काठमाडौं ल्याइने बताएका छन्।

शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रमा बोल्दै मन्त्री पोखरेलले डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गए जुनसुकै बेला बल प्रयोग गरेर काठमाडौं ल्याइने बताए।

उनले भने,  ‘डा. केसीको स्वास्थ्यको सूचांक कमजोर हुँदै गयो भने मौसमले साथ दिए गए बल प्रयोग गरेर ल्याउछौँ त्यसबेला सरकारले बल प्रयोग गर्‍यो भनेर नलेख्नुस्।’ चिकित्सको साझा भनिएको चिकित्सक संघलाई डा. केसीको स्वास्थ्य अवस्था बुझेर ल्याउनुपर्‍यो भन्दा पनि जान नमानेको मा आफूलाई दुख लागेको समेत बताए। उनले भने, 'चिकित्सको साझा संगठन भनिएको चिकित्सा सघंलाई डा लाई ल्याउन पर्‍यो लौन सहयोग गर्नु भन्दा मान्नुभएन अचम्म लाग्यो, सरकारले आग्रह गरेपछि देखाउन पनि जानुपर्छ नि तर, उहाँहरू मान्नुभएन। स्वास्थ्यसंस्था बन्द गर्न लाग्नु भएको छ।'

यस्तै मन्त्री पोखरेलले जुम्ला पुगेर सरकारले वार्ता नगर्ने समेत बताए। डा केसीको लिन आज फेरि अर्को टोली पठाउने तयारी भइरहेको शिक्षामन्त्री पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.