|

रुकुम : रुकुम पश्चिमको सल्लेबाट मुसिकोट बजारतर्फ आउँदै गरेको ना ५ ख ६५१० नम्बरको बस दुर्घटना हुँदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा मुसिकोट नगरपालिका-१ की २५ वर्षीया सपना मल्ल भण्डारी रहेकी छन्।

१६ जना घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते मुसिकोट नगरपालिका १ की ८ वर्षीया बालिका नविना थापालाई नेपालगंज रेफर गरिएको छ भने अन्य घाइतेहरूलाई जिल्ला अस्पताल रुकुममा उपचार गरिँदै छ। दुर्घटनाबारे अनुसधान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.