|

बाँके : जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले विरोधस्वरूप सेवा बन्द गर्न अह्वान गरे पनि भेरी अंचल अस्पतालका चिकित्सकले शुक्रबार पनि सेवा दिएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा कार्यरत चिकित्सक सघन उपचार सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा उत्रिए पनि भेरी अंचल अस्पतालमा यसको कुनै प्रभाव नपरेको भेरी अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताए।

भेरी अंचल अस्पतालमा कार्यरत चिकित्सकहरू शुक्रबार कार्यालय समयमा हाजिर भएर ओपिडी, अप्रेशनलगायतका सेवा प्रदान गरेको थापाको भनाई छ। उनले अन्य अस्पतालमा डा. केसीको समर्थनमा आन्दोलन र विरोधका कार्यक्रम गरिएको भए पनि भेरी अस्पतालमा कुनै असर नपरेको बताए।

‘विरामीलाई असर पर्ने गरी अस्पतालमा विरोध वा अन्य क्रियाकलाप गर्न हुँदैन,’ उनले भने, ‘भेरी अंचल अस्पतालमा यस्तो कहिल्यै भएको छैन र हुन्न पनि।’

भेरी अंचल अस्पतालका चिकित्सकले शुक्रबार पनि विरामीको अप्रेशन गरेको एनेस्थेसियोलोजिष्ट डा. कृष्ण प्रसाद आचार्यले बताए। उनले डा. केसीको अनशनको असर भेरी अस्पतालमा नपरेको बताए। ‘सबै विभाग दिनभर खुल्ला रह्यो, चिकित्सकले पनि आ–आफ्नो सेवा दिनुभयो,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.