|

जनकपुरधाम : प्रदेश- २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीलाई मातृ शोक परेको छ। मुख्यमन्त्री राउतको ७० वर्षीया आमा राधिकादेवी राउतको शुक्रबार दिउँसो ३ : १५ मा निधन भएको छ।

समान्य ज्वरो आएपछि उपचारको लागि तीन दिन अघि भारत विहार राज्यको रक्सौलस्थित डंकन अस्पतालमा भर्ना उनको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उन लाई अन्तिम संस्कारको लागि आजै पैतृक गाउँ पर्साको जगन्नाथपुर लाने र शनिवार विहान ९ बजे मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जानकारी दिएका छन्।

मृतका राउतका २ छोरा र दुई छोरी छन्। जेठो छोरा मो. लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री छन् भने कान्छो छोरा रामबाबु राउत गाउँमै खेती किसानी गर्दै आएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.