|

काठमाडौं : लामो समयदेखि अनशनरत गंगामाया अधिकारीले अनशन तोडेकी छिन्। शुक्रबार वीरअस्पतालमा मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र कानुनमन्त्री शेरबहादुर तामाङले उनलाई जुस खुवाएर अनशन तोडाएका हुन्।  सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारी अनशन तोड्न सहमत भएकी हुन्। 

सहमतिको बुँदामा एक करोडको अक्षय कोष स्थापना गर्ने र गंगामायाका छोराको खोजी गर्न एक समिति गठन गर्ने उल्लेख छ। सहमतिपत्रमा कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेका छन्। छोराका हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै उनी लामो समयदेखि आमरण अनशनमा थिइन्।

उनका पति नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो। उनका छोरा कृष्णप्रसादको तत्कालीन विद्रोही माओवादीले हत्या गरेका थिए।  हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य भने बेलायतमा लुकेर बसेका छन्। उनलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ।

गोरखा फुजेलका ७८ वर्षीय छबिलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेसँगै गंगामाया अधिकारीको अनशन तोडाउने प्रयास सुरु भएको थियो। सरकारका तर्फबाट कानुनमन्त्री शेरबहादुर तामाङले मानवअधिकारकर्मीहरुसँग छलफल गरेर गंगामायाको अनशन तोडाउने तयारी गरेका थिए।

गंगामायाको अनशन तोडाउने कसरतमा सरकार 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.