|

कालिकोट : तिलागुफा नगरपालिकाका-१० को रुडुमा घरमा नै सुत्केरी स्थानीय कालीबहादुर थापाकी ३३ वर्षीया श्रीमती राइकोशा थापाको राति मृत्यु भएको छ। घरमा नै सुत्केरी भएकी थापाको बच्चा जन्मिएको २ घण्टामा नै मृत्यु भएको हो।

थापाले मंगलबार राति १० बजे घरमा नै बच्चा जन्माएको अत्याधिक रक्तश्राव भएका कारणले २ घण्टापछि मृत्यु भएको उनका श्रीमान् कालीबहादुर बताए। ‘डाक्टरहरूले घरमा सुत्केरी नगराउन सल्लाह दिएका थिए।’ उनले भने, ‘घरबाट अस्पताल बोक्ने मान्छे नहुँदा घरमा नै सुत्केरी गराउँदा समस्या भयो।’ मृतक थापाका छोरा जन्मिएको र छोरा भने सकुशल रहेका छन्।

स्थानीय स्वास्थ्य चौकीमा एक महिना अगाडि गर्भ जाँच गराउन आएको तिलागुफा नगरपालिका-१० चिल्खाया स्वास्थ्य चौकीका ईन्चार्ज दुर्गाप्रसाद आचार्यले बताए। आचार्यका अनुसार थापामा रक्तअल्पता भएको पाइएको थिए। उनले घरमा सुत्केरी नगराएर अस्पतालमा नै सुत्केरी गराउन सुझाव दिएको भएता पनि थापाले घरमा नै सुत्केरी गराउँदा समस्या आएको उनले बताए। ‘एक महिना अगाडि थापा स्वास्थ्यचौकीमा गर्भ चाँच गराउन आउनु भएको थियो। हामीले घरमा नै सुत्केरी नगराउँन सुझाव दिएको थियौँ’ उनले भने, ‘तर, परिवारले हामीले दिएको सुझाव नमान्दा दुर्घटना भएछ।’

गत वर्ष पनि तिलागुफा नगरपालिका-११ का हरिशोभा विकको पनि रक्तअल्पताका कारणले मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.