|

वीरगन्ज : मधेशमा पहाडी मूलका कविको शालिक राख्न नदिने भनी ०६२/०६३ सालको मधेश आन्दोलनमा आदिकवि भानुभक्त आचार्यको शालिक तोडिएको वीरगन्जमा वर्षमा एकदिन भने उनलाई सम्झिने गरिएको छ। नीजि विद्यालयका एक विद्यार्थीलाई भानुको प्रतिकात्मक रूप धारण गराइ वर्षमा एकदिन भने वीरगन्जमा पनि नेपाली भाषाका आदिकवि भानुलाई सम्झिने गरिएको हो।

भानुको शालिक तोडिएको वीरगन्जको नयाँ बसपार्क चोकमा ०६६/०६७ सालमा नै भानुका समर्थकले शालिक राख्ने भने पनि अझैसम्म राखिएको छैन। यसको लागि को अगाडी सर्ने? भन्ने हिम्मत कसैले गर्न नसकेको स्थानीय नेपाली साहित्यकारहरूले बताए।

वीरगन्ज पब्लिक कलेजका संचालक डा. दीपक शाक्यले ०६२/०६३ को मधेश आन्दोलनपछि पहिलो पटक वीरगन्जमा गरिएको भानु जयन्ती (०६६ साल) मा शालिक आफूले बनाइ दिने भनी बताएका भए पनि अहिलेसम्म कोही अगाडि बढेका छैनन्। भानु जयन्तीका दिन यो कुरालाई एक दुई वर्ष चर्चामा ल्याए पनि अब शालिक राख्ने कुरा भने सुन्न छाडिएको स्थानीय कुबेरचन्द्र गौतमले बताए।

असार २९ गते पर्ने भानु जयन्ती भने लक्ष्मी साहित्य समाजको पहलमा आठ/नौ वर्षदेखि वीरगन्ज नगरमा झाँकीसहितको जुलुस प्रदर्शन गरी मनाइने गरिएको छ। यो वर्षको २०५औं भानु जयन्ती पनि स्थानीय, नेपाली सेना, प्रहरी, समाजसेवी र विभिन्न विद्यालयका छात्रछात्राको उपस्थितिमा विगत झै मनाइएको हो।

सो कार्यक्रमको अगुवाई भने विगतका वर्षहरूमा झैं लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमले विभिन्न नीजि विद्यालय र नीजि अस्पताल (ओम हस्पितल)को सहयोगमा झाँकी प्रदर्शनसहितको कार्यक्रम आयोजना गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.