|

काठमाडौं : नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) ले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन्। अतिरक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएका हुन्।

उनीहरूले २९ असार २०४५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा आरम्भ गरेका थिए। हाल कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खरेल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, शाह मानव स्रोत विभाग, जोशी कार्य विभाग र चन्द प्रदेश ७ मा कार्यरत छन्।

एआइजीको प्रतिष्पर्धामा रहे पनि सरकारले बढुवा प्रक्रिया अघि नबढाउँदा उनीहरूले डिआइजी पदबाटै घर फर्किनु परेको हो। योसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा पाँचजना डिआइजी रहेका छन्। पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन्। उनीहरूमध्ये तीन जना एआइजी हुने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.