|
संकेतिक फोटो

बारा : बाराको देवताल गाउपालिका–१ बडकि फुलवरियामा ट्याक्टरको ठक्करबाट शुक्रबार एक बालकको मृत्यु भएको छ।

माटो बोकेर भारततर्फ जाँदै गरेको नम्बर उल्लेख नभएको भारतीय ट्याक्टरको ठक्करबाट स्थानीय रामनाथ प्रसाद यादवका ५ वर्षीय छोरा दिवश कुमार यादवको घटनास्थलमा नै मृत्यु भएको हो।

प्रहरीले चालक भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण बिहार पचपोखरीका २१ वर्षीय छोरा राजेश प्रसाद राय यादव र ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायक उपरीक्षक रन्जित सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.