समाज : सुरक्षा/अपराध

फुटबलमा सट्टेबाजी खेलाउने तीनसहित आठ पक्राउ
SHARES

असार २९, २०७५

    भद्रपुर, (झापा) : प्रहरीले विश्वकप फुटबलमा झापामा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएका प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई बिर्तामोड ५ स्थित हनुमान कम्प्लेक्सबाट पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ७ निवासी २८ वर्षीय मुस्ताक मिया, बिर्तामोड नगरपालिका ५ निवासी २६ वर्षीय अमित साह र बिर्तामोड ६ निवासी २२ वर्षीय संगम शिवाकोटी रहेको छ। उनीहरूले प्रयोग गरेका मोबाइल फोन चेकजाँच गर्दा विभिन्न व्यक्तिहरूले रकम पठाएको एसएमएस फेला परेको उनले बताए।

    ‘रुसमा जारी विश्वकप फुटबल खेलमा कसले जित्ने र कसले हार्ने भन्दै उनीहरूले रकम राखेर बाजी खेलाउँदै थिए’, उनले भने, ‘सट्टेबाजी खेलाउने व्यक्तिको पहिचान गरी उनीहरूलाई पक्राउ गर्ने सफल भएका छौ।’

    पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

    पाँच जुवाडे पक्राउ

    प्रहरीले झापाको बिर्तामोड ५ स्थित चन्द्र कार्कीको घरभित्रको कोठामा जुवा खेलाउने पाँच जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा घरधनी चन्द्र कार्की, बिर्तामोड ५ निवासी ३५ वर्षीय पर्शुराम चौधरी, सोही ठाँउका ४९ वर्षीय टेकबहादुर खड्का, २७ वर्षीय राजेन्द्र चौधरी, २५ वर्षीय अशोक राजबंशी रहेको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार जुवा खालबाट १० बुक ताससहित नगद २ लाख २१ हजार ४ सय ३५ रुपैयाँ नगद बरामद गरेको छ। यता पक्राउ परेका पाँचै जनालाई जुवा ऐन मुद्दाअन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]