समाज

चीनमा रमाउन थाले रुपसी र भद्र
SHARES

असार ३०, २०७५

    चितवन : ‘मैले भद्र आउआउ भनेर बोलाको, बोली चिनेर मेरो नजिक आयो,’ वन्यजन्तु प्राविधिक तीर्थ लामाले भने, ‘आवाज निकाल्दै टाउको उठाएर मेरो हातमा दियो।’

    गैंडाको प्रारम्भिक रेखदेख गरी चिनियाँ टोलीलाई प्रशिक्षणका लागि लामालगायत चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पाँच जना प्रतिनिधि अहिले चीनमै छन्। दुर्लभ एकसिंगे गैंडाको एक जोडी ‘रुपसी र भद्र’लाई गत बिहिवार सरकारले चीनलाई उपहार पठाएको थियो। 

    चीनको चिमेलङ्ग सफारी पार्कमा पुर्याइएका गैंडासँगै चितवन निकुञ्जका पशु चिकित्सक डा. कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरण रिजाल र वन्यजन्तु प्राविधिक तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई चीनमा छन।

    ‘खानेकुरा मजाले खोरभित्रै पसेर दिने गरिएको छ, चितवनमा झै खाइरहेको छन्,’ भेटेरिनरी प्राविधिक किरण रिजालले भने, ‘रुपसी र भद्रको जोडी चीनमा रमाइरहेका छन्।’

    ठाउँ नौलो भएकाले सुरुमा उनीहरुलाई नेपालकै खानेकुरा दिइएको छ। नेपालबाट १५ भारी घाँस र ५०० किलो दूध पठाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए।

    सुरुमै चीनको खानेकुरा नखान सक्ने भएकाले यताबाटै खानेकुरा पठाइएको उनले बताए। पठाइएको दूधले झण्डै एक महिनालाई पुग्छ। ‘चीनको खानेकुरामा नेपाली खानेकुरा मिसाएर खुवाउन भनेको छु, चिनको घाँसपात गैंडालाई नौलो लाग्न सक्छ, दूधमा चोपेर बानी पार्नुपर्छ,’ अर्यालले भने, ‘अहिले हाम्रो टोलीले त्यही गरिरहेका छन्।’ 

    गैंडा पुगेपछि फोनमा कुरा हुँदा गैंडा रमाइरहेको प्रतिक्रिया पाएकाको भन्दै उनीले खुसी व्यक्त गरे। चितवनको सौराहामा रहेको अर्काे एकजोडी गैंडा समय मिलेसम्म आगामी साउनमै पठाउने तयारी छ। 

    चीनमा वातानुकूलित रूपमा गैंडा राखिएको अहिले चीनमै रहेका कोषका भेटेरिनरी प्राविधिक किरण रिजालले बताए। उनका अनुसार नेपालको उच्चस्तरको गाई गोठ झै अगाडि पानी तथा अन्य खानेकुरा राख्न मिल्ने गरी खोर निर्माण गरिएको छ। चारैतिर फलामको बार लगाइएको छ।

    गैंडाको रेखदेखका लागि गएको नेपाली टोली झण्डै एक महिना त्यहीं बसेर चिनिया कर्मचारीहरुलाई सिकाएपछि फर्कने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए।

    तस्वीर सौजन्य : किरण रिजाल

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]