|

विभिन्न राजनीतिक अर्थ झल्कने अभिव्यक्ति दिएपछि फिफाको अनुशासन कमिटीको अनुसन्धानमा रहेका क्रोएसियन डिफेन्डर डोमागोज भिडाले कारबाहीबाट बच्ने उद्द‍ेश्यसहित माफी मागेका छन्।

इंग्ल्यान्डमाथि जित निकालेपछि भिडाले युक्रेन समर्थकलाई जितको उपहार भनी कमेन्ट गरेका थिए। यसअघि रसियासँगको खेलमा पनि उनले भिडियो पोस्ट गरी ‘जित युक्रेनलाई समर्पण’ भन्दै टिप्पणी गरेका थिए।

भिडाले लगातार दुई खेलपछि विवादास्पद टिप्पणी गरेपछि फिफाले उनलाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो। पहिलोपटक विश्वकपको फाइनल खेल्नुअघि फिफाले आफूमाथि अप्रत्याशित निर्णय गर्न सक्ने डरले भिडाले माफी मागेका हुन्। भिडा युक्रेनको ड्यानो किभका पूर्वखेलाडी हुन्। 

आफ्नो टिप्पणीले कसैमाथि हानि नोक्सानी पुर्‍याएको महसुस भएको उनले जनाएका छन्। ‘मलाई थाहा छ, मैले नचाहेर पनि ठूलो गल्ती गर्न पुगेको छु, म सम्पूर्ण रसियन जनतासँग माफी माग्न चाहुन्छु, मैले तपाई‌ंहुरूको मनमा पर्ने गरी कमेन्ट गर्न पुगेकोमा’ भिडाले माफी माग्दै भने, ‘म पुनः एकपटक माफी माग्न चाहन्छु, हामी मानव हौँ, जीवनमा कहिलेकाहीँ सोच्दै नसोचेको कुरा पनि हुन्छ, यसलाई मानवीय गल्तीका रूपमा स्वीकार्न आग्रह गर्दछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.