|

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढि युवाहरुलाई तालिम दिने योजना पनि अघि सारे। शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  एक वर्षभित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने दावी पनि गरे।

मन्त्री अधिकारीले ३ वर्ष भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल र ७ वर्ष भित्र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए।

मन्त्री अधिकारीले दोलखाको गौरीशंकर गाउँपालिकाकालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।  दोलखाको सदरमुकाम चरिकोटमा विमानस्थल निर्माणका लागि छिट्टै सर्भे गर्ने योजना पनि सरकारको रहेको मन्त्री अधिकारीको भनाई छ। कार्यक्रममा बोल्दै दोलखाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, प्रदेश सभाका सांसद पशुपति चौंलागाईँले दोलखाको समृद्धिमा आफूहरु क्रियाशील रहेको बताए।

गौरीशंकर पालिकाका प्रमुख सोयमबहादुर खड्काले पर्यटन क्षेत्रको विकासलाई गौरीशंकर गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए। कार्यक्रममा गौरीशंकर गाउँपालिकाको विविधता झल्काउने खालको तस्विर समावेश गरिएको पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ पनि बिमोचन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.