|

धनकुटा : धनकुटाको छथर जोरपाटी- ५ मा लुटेराले कुटपिट गर्दा एक वृद्धाको ज्यान गएको छ। ज्यान जानेमा  ६० वर्षीया नरमाया लिम्बू रहेकी छिन। शुक्रबार घरमा कोही नभएको समयमा लिम्बूलाई स्थानीय १९ वर्षीय रोहित लिम्बू र १६ वर्षीय शुक्रराज लिम्बूको कुटपिटबाट मृत्यु भएको हो।

उनीहरुले  वृद्धालाई कुटपिट गरी डेढ तोला सुनको गहना लुटेर भागेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी नरमायाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार राति ८ बजे मृत्यु भएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी सिधुवाको टोलीले आरोपी दुवैलाई गहनासहित पक्राउ गरेको जनाएको छ। उनीहरुलाई कर्तव्य ज्यान मुद्दा चलाइने तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.