समाज

अब टिकौली वन प्रवेश गर्दा लाग्ने भयो पर्यटन शुल्क
SHARES

असार ३०, २०७५

    चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिका-९ स्थित टिकौली मध्यवर्ती सामुदायिक वनले पर्यटन तथा संरक्षण शुल्क लिने निर्णय गरेको छ।

    चितवन राष्ट्रिय निकुञ्जबाट वनले वार्षिक कार्य योजना पास गरेसँगै पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको उक्त सामुदायिक वनमा पर्या–पर्यटन विकास र संरक्षणका लागि शुल्क लिने निर्णय गरेको अध्यक्ष ईश्वरी लामिछानेले जानकारी दिए।

    वनले आफ्नो सेवा क्षेत्रभित्र प्रवेश गर्ने जीप, कार, भ्यान र अन्य गाडीलाई एकपटक प्रवेश गर्दा रु ५०० रुपैयाँ र प्रतिव्यक्ति नेपाली पर्यटकलाई रु २५ तथा विदेशीलाई रु २०० रुपैयाँ तोकेको छ। पर्यटन शुल्क आगामी साउन १ गतेबाट लागू हुने उनको भनाई छ।

    जैविक मार्गक्षेत्रमा पर्ने टिकौली वनको भित्री भागमा विश्व रामसार सूचीमा सूचिकृत विसहजारी ताल रहेको छ। गैंडा तथा विभिन्न प्रजातिका वन्यजन्तु, चरा, गोही हेर्न तथा प्राकृतिक रमणीय वातावरणमा रमाउन यहाँ पर्यटक पुग्छन्। उक्त तालमा टिकौली वन हुँदै जानुपर्छ।

    महत्त्वपूर्ण संरक्षित क्षेत्र भएको र पर्यटकीय गतिवधि समेत बढेकाले दिगो संरक्षण र व्यवस्थापन गर्न शुल्क लिने निर्णय गरिएको सामुदायिक वनले जनाएको छ।

    संरक्षण व्यवस्थापनका लागि शुल्क उठाउने निर्णयलाई सहज रूपमा लिन सबै पर्यटन व्यवसायीहरूलाई वनका अध्यक्ष लामिछानेले आग्रह गरेका छन्। वन क्षेत्रमा पर्ने टिकौली ताल, चेपाङ्ग ताल, ठूली घोल, आमसोती घोलमा लोपोन्मुख रहेका विभिन्न प्रजातिका चराहरूको मुख्य वासस्थानसमेत रहेको वनका कार्यालय सचिव कृष्ण आचार्यले बताए। विभिन्न मठमन्दिर, ईको कल्चर पार्क, चेपाङ्ग र थारु वास्तीसमेत रहेको छ।

    यहाँको वन क्षेत्रमा दुर्लभ एक सिङ्गे गैडा र पाटे बाघसगैँ अन्य वन्यजन्तुहरूसमेत देख्न सकिन्छ। अध्यक्ष लामिछानेले लागू हुने शुल्कबाट उठेको १० प्रतिशत रकम वीसहजारी ताल संरक्षण समितिलाई उपलब्ध गराउने जानकारी दिए। यहाँको मध्यवर्ती क्षेत्र हेर्ने मृगकुञ्ज उपभोक्ता समितिका उपाध्यक्ष बुद्धि विक भने यसरी शुल्क लिनु सान्दर्भिक नहुने तर्क गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]