|

सिन्धुली : बिपी राजमार्गमा सवारी चलाउन पाउनुपर्ने माग राख्दै यातायात व्यवसायीले दुई दिन लगातार आन्दोलन गरेका छन्। ३२ सिट क्षमताका साना बस र १३ टनसम्म भारवहन क्षमताका मालवाहक  सवारी साधन चल्न पाउनु पर्ने माग राख्दै उनीहरूले शुक्रबार र शनिबार आन्दोलन गरेका हुन्।

सिन्धुलीमाढी–खुर्कोट खण्डमा ३२ सिटका साना बस र १३ टनसम्म भारवहन क्षमताका मालवाहक  सवारी साधन चल्न पाउर्नुे माग राख्दै उनीहरूले रित्ता सवारी साधन शनिबार कमलामाई नगरपालिका–४ को बीपी राजमार्ग हिरापानी खण्डमा एकतर्फी तेर्साएर विरोध जनाएका छन्। व्यवसायीहरूले शुक्रबार कमलामाई नगरपालिका-६ शान्तिनगर चोकदेखि वडा नं. ४ को ढुग्रेवाससम्म एकतर्फी सवारी साधन तेर्स्याएर विरोध जनाएका थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ३२ सिट क्षमताका बस र १६ टन क्षमताका मालवाहक साधन चल्न दिने निर्णय गरेपछि राजमार्गको भविष्य खतरामा पर्ने भन्दै अधिवक्ता कैलाशराज दाहालले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

सोही रिट निवेदनको सुनुवाई गर्दै गत जेठ २१ गते सर्वोच्चका न्यायाधीश सपनामल्ल प्रधानको एकल इजलाशले १० टन भारवहन क्षतमताको मालबाहक सवारी र १८ सिटसम्मको साना यात्रुवाहक साधन मात्र चल्न पाउने गरि अन्तरिम आदेश जारी गरेपछि ३२ सिटका साना बस र १३ टन क्षमताका सवारी साधन रोकिएका हुन्।

सर्वोच्च अदालतमा पटकपटक पेशी सरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको ट्रक व्यवसायी संघका तारा दाहालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.