|

बाँके : सिद्धार्थ होटल नेपालगन्जले विश्वकप फुटबल प्रतियोगिता २०१८ को फाइनल खेल हेर्ने व्यवस्था मिलाएको छ। घरायसी वातावरणमा रमाइलो गर्दै ठूलो पर्दामा हेर्नका लागि विशेष व्यवस्था मिलाएको सिद्धार्थ होटलले जनाएको छ।

रसियामा जारी बिश्व कप फूटबल प्रतियोगिता २०१८ को फाइनल खेल एक पटकको बिश्व बिजेता टिम फ्रान्स र पहिलो पटक बिश्व कपको फाइनलमा पुगेको क्रोएशियाबीच नेपाली समयअनुसार आइतबार राति पौने ९ बजेदेखि हुने खेललाई सिद्धार्थ होटेलले २५० इन्चको स्क्रिनमा हेर्ने व्यवस्था मिलाएको छ। बिश्व कप फूटबलको फाइनल खेल हेर्ने आउने गेष्टहरूका लागि सिद्धार्थ होटेल नेपालगन्जले आफ्नो तर्फबाट निशुल्क वेलकम ड्रिङ्क्ससहित विशेष छुटको समेत व्यवस्था मिलाएको छ।

सिद्धार्थ होटलमा रमाइलो वातावरणमा बिश्व कप फुटवलको फाइनल खेल हेरेर फर्किने व्यवस्था मिलाइएको क्षेत्रीय प्रवन्धक केशव न्यौपानेले जानकारी दिए। ‘ग्राहकको सहजताका लागि होटलले आफ्ना गेष्टहरूका लागि निशुल्क घरसम्म पुर्‍याउने व्यवस्था समेत मिलाएको छौँ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.